बाल गायक सचिन परियारको निधन : परिवारमा शोक

काठमाडौं। सामाजिक सञ्जालमा भाइरल भएका बालक सचिन परियारको आज बिहान निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा करिब १० बजे उनले अन्तिम सास लिएका हुन्।

सचिनलाई एक हप्ता अगाडि स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार नआएको बताइएको छ। उनी १३ वर्षका थिए। पारिवारिक स्रोतका अनुसार उनको निधन पुष्टि भएको छ।

सचिनका बुबा तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक समस्या रहेको कुरा केहिदिन अघि सार्वजनिक गरेका थिए। हाल सचिनको शव अस्पतालबाट बाहिर निकालिएको छैन । परिवारका सदस्य भने अस्पतालमा उपस्थित रहेका छन्।

सानैदेखि शारीरिक रूपमा कमजोर रहेका सचिन मिठो बोली र अनौठो हाउभाउका कारण सामाजिक सञ्जालमा भाइरल बनेका थिए।

पछिल्लो समय उनलाई सडकमा मानिसहरूबाट पैसा माग्दै हिँडेको देखिन्थ्यो। त्यस्तै उनका बुबाले छोराको उपचारको लागि उठेको सहयोगको दुरुपयोग गरेको आरोपसमेत लागेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *