सुनको मुल्य बढ्यो,कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं : सुनको मुल्य बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँमा रहेको चाँदी आज १७९० रुपैयाँ पुगेको छ ।
Facebook Comment