टंक बुढाथोकीको ‘रेलिमै २’ (भिडियो)

चर्चित गायक टंक बुढाथोकी र हरी मोक्तानको स्वरमा रेलिमै २ ‘पानको पात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा टंक बुढाथोकीकै शब्द र संगीत रहेको छ ।
गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी, आश्मा विश्वकर्मा र बिजय अधिकारिको अभिनय रहेको छ । भिडियोमा भिजिट नेपाल २०२० लाई पनि प्रोमोसन गरिएको छ । सरोज अधिकारीले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायान्कन र गम्बिर राजकर्निकरको सम्पादन रहेको छ ।