‘सुर्य इन्टरनेशनल अवार्ड’को उत्कृष्ट तीन मनोनयन सार्वजनिक



दोस्रो संस्करणको ‘सुर्य इन्टरनेशनल अवार्ड’को उत्कृष्ट तीन मनोनयन सार्वजनिक भएको छ । फिल्म र संगीत क्षेत्रलाई आधार बनाएर ६/६ विधामा मनोनयन सार्वजनिक गरिएको हो ।

जापानको टोकियोमा सम्पन्न हुने अवार्डले नेपाली फिल्म तथा संगीत क्षेत्रलाई टेवा पुर्याउने, एपिएफ प्रमुख शैलेन्द्र खनालले विश्वास व्यक्त गरे । आउँदो नोभेम्बर २४ मा आयोजना हुने अवार्डमा मनोनित स्रष्टालाई आयोजकले व्यवस्थापन गर्नेछ ।

नाकानो जिरो हलमा आयोजना हुने समारोहमा अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड द्वारा सम्मानित गरिनेछ । यस्तै एक दशक लामो योगदान दिएका फिल्मकर्मी र एक फिल्मपत्रकारलाई पनि सम्मान गरिने आयोजकले बताएको छ ।

समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीको विधामा पनि अवार्ड वितरण गरिनेछ । कार्यक्रमको आधिकारिक प्रस्तोतामा संचारकर्मी नरेश भटराई रहेका छन् ।

अवार्डको मनोनयन सार्वजनिक कार्यक्रममा एपीएफका प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले सहित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उत्कृष्ट तीन मनोनयन, फिल्म तर्फ :
फिल्म

प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा ३ – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

निर्देशक

बोबी – मिलन चाम्स
ए मेरो हजुर ३ – झरना थापा
छक्का पन्जा ३ – दीपाश्री निरौला

अभिनेता

प्रसाद – विपिन कार्की
क्याप्टेन – अनमोल केसी
लभ स्टेशन – प्रदीप खड्का

अभिनेत्री

प्रसाद – नम्रता श्रेष्ठ
कायरा – साम्राज्ञी राज्यलक्ष्मी शाह
रामकहानी – पूजा शर्मा

सह-अभिनेता

छक्का पन्जा ३ – केदार घिमिरे
यात्रा – सलोन बस्नेत
जय भोले – बुद्दि तामाङ

सह-अभिनेत्री

गोपी – वर्षा राउत
पण्डित बाजेको लौरी – सन्ध्या केसी
नाइँ नभन्नु ल ५ – नीरुता सिंह

उत्कृष्ट तीन मनोनयन, संगीत तर्फ :
पप गायक

कमल खत्री – तिम्रो मायाले
संजीव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन

पप गायिका

टिका प्रसाई – कर्के नजर
इन्दिरा जोशी – रेलिमाई
त्रिशाला गुरुङ – यो मन

आधुनिक गायक

हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४

आधुनिक गायिका

मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना

लोक गायक

कुलेन्द्र बिक – सालको पात
खुमन अधिकारी – चौंध अञ्चल ससुराल
पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

लोक गायिका

सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
बिष्णु माझी – सालको पात

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal