‘छ माया छपक्कै’को फर्स्ट लुक्स सार्वजनिक



निर्माण टिमले दिपक दिपाको फिल्म ‘छ माया छपक्कै’को फर्स्ट लुक्सको रुपमा एक पोस्टर सार्वजनिक गरेको छ ।

सार्वजनिक पोस्टर लुक्सले फिल्ममा केहि फरकपन भएको आभाष गराउँछ ।पोस्टरमा केकी अधिकारी घुम ओडि रहेकी छिन् भने दिपक राज गिरी, जितु नेपाल र केदार घिमिरे डोको माथि हात राखेर केकीलाई नजर लगाईरहेका छन् ।

फिल्ममा दिपक राज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, दिपा श्री निरौला लगायत कलाकारको अभिनय रहेको छ । निर्माण टिमको फिल्म दशैंमा रिलिज गर्ने लक्ष्य रहे पनि अझै प्रदर्शन मिति भने तय गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal