के गायक समिर लिम्बु सँग प्रेममा छिन् गायिका मेलिना राई ?



नेपाली संगीतको क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै चर्चा कमाएकी गायिका हुन् मेलिना राई । मेलिना राईको स्वर आफ्नो गीतमा राख्नका लागी अधिकांश संगीतकर्मी लालाहित हुन्छन् । उनले गाएका प्राय सबै गीत हिट लिस्टेड छन् । उनको स्वरको तारिफ नगर्ने सायदै कोही होला ।

मेलिना धेरैको मन कि रानी पनि बनेकी होलिन् । तर, मेलिनाले मंगलवार सामाजिक संजाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी छिन् । यसले केहीलाई दुखी बनाए पनि मेलिनाका प्रसंशकका लागी भने खुसीको खवर हुन सक्छ । धेरैको मनको रानी बनेकी मेलिनाको मन आखिर कसले चोर्यो ? कौतुहलता हुनसक्छ ।

गायिका मेलिना राईले आफु सम्बन्धमा रहेको पोस्ट सेयर गरेको केही समय पछी गायक तथा गीतकार समिर लिम्बुले पनि लाइफ इभेन्ट सेयर गर्दै आफु सम्बन्धमा रहेको पोस्ट सेयर गरेका छन् ।

ताप्लेजुङ स्थाई घर भएका समिरले गरेको नेपाली हिन्दी म्यासअप यूट्युबमा निकै चर्चित छ । मेलिना र समिरले गाएको गीत ‘तिमी र म’ केही समय अगाडी सार्वजनिक भएको थियो ।

गायिका मेलिना राई र समिर लिम्बुले एकसाथ सम्बन्धमा रहेको पोस्ट सेयर गर्नु पक्कै पनि संयोग नहुन सक्छ । एकसाथ सम्बन्धमा रहेको पोस्ट सेयर गरेका मेलिना र समिर के प्रेममा छन् त ?

(मेलिना राईले उक्त पोस्ट फेसबुकबाट हटाइसकेकी छिन्)

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal