तियानजिनमा प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता
काठमाडौं । चीनको तियानजिनमा जारी सङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विशेष भेटवार्ता सम्पन्न भएको छ।
भेटपछिको प्रतिक्रिया दिँदै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत नेपाल–भारत सम्बन्धलाई “गहिरो र विशेष” भनेका छन्। उनले लेखेका छन्, “तियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाउँदा खुशी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।”
दुवै प्रधानमन्त्री चीनमा चलिरहेको एससीओ शिखर सम्मेलनमा सहभागी हुन गएका छन्। सम्मेलनकै अवसरमा उनीहरूबीच भएको यो भेटवार्तालाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो उच्चस्तरीय संवादले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने सम्भावना रहेको छ।
Facebook Comment