मुसीकोटमा पहिरोले पुरिएर ६९ वर्षीया महिलाको मृत्यु
काठमाडौं । त्रिवेणी (रुकुम पश्चिम) जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा आज बिहान आएको पहिरोले एकजना महिलाको ज्यान लिएको छ।
घटनामा परेकी हिमकुमारी मल्ल (६९ वर्षीया) भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी थिइन्। वडाध्यक्ष ज्ञानुचन्द्र चन्दका अनुसार पहिरोले उनलाई पुरिँदा घटनास्थलमै मृत्यु भएको थियो।
साथै, भेँडा र बाख्रासमेत पहिरोले पुरिएका थिए। हिमकुमारी ढिला फर्किएपछि परिवारले खोजी गर्ने क्रममा उनको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको वडाध्यक्ष चन्दले जानकारी दिए।
मृतकको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ।
Facebook Comment