“प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीच दोस्रो द्विपक्षीय भेट: नेपाल-चीन सहकार्य अझ सुदृढ बनाउने सहमति”
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षमा लगातार दोस्रो पटक भएको भेटमा खुशी व्यक्त गरेका छन्। प्रधानमन्त्री ओली चीनको तियान्जिनमा जारी शांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुन पुगेका छन्।
यस भेटमा दुई देश बीचको द्विपक्षीय सहयोग र सहकार्यको प्रगतिको समिक्षा गरिएको र आगामी दिनमा सहकार्य अझ बढाउने बारेमा सहमति जनाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बताएका छन्।
उनले लेखेका छन्, “दुई वर्षमा लगातार दोस्रो पटक राष्ट्रपति सी सँग भेटेर फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको छ। हामीले नेपाल-चीन सम्बन्धको विभिन्न पक्षहरूमा भएको प्रगति समिक्षा गर्यौं र हाम्रो सहकार्य अझ प्रगाढ बनाउन सहमति जनायौं।”
प्रधानमन्त्री ओलीले एससीओ प्लस शिखर सम्मेलनको निम्त्याइका लागि राष्ट्रपति सीलाई धन्यवाद पनि दिएका छन्। यस सम्मेलनको उद्घाटन भोलि तियान्जिनमा हुनेछ, जहाँ प्रधानमन्त्री ओलीले पर्सी सम्बोधन गर्नेछन्।
Facebook Comment