तारकेश्वर र ललितपुरमा चोरी : दुई स्थानबाट करिब ११ लाख रुपैयाँ बराबरको धनमाल हरायो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० र ललितपुरको खोकनामा दुई अलग–अलग स्थानमा भएको चोरीमा करिब ११ लाख रुपैयाँ बराबरको सम्पत्ति हराएको छ।

तारकेश्वरमा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठाबाट सुनका गरगहना र नगदसमेत गरी करिब ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। चोरी बुधबार राति भएको हो।

चोरी भएको सामानमा विभिन्न प्रकारका सुनका गहना र नगद १ लाख ७० हजार रुपैयाँ समावेश छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

त्यसैगरी, ललितपुर महानगरपालिका–२५ खोकनास्थित मोहनकृष्ण महर्जनको पसलबाट पनि चोरी भएको छ। बुधबार दिउँसो महर्जनको खोकना दोबाटोस्थित पसलबाट २ लाख रुपैयाँ नगद चोरी भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुबै घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *