बाढीले मेलम्चीको पानी काठमाडौं आउन रोकियो

काठमाडौं— सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाडौंमा पानी पठाउन रोकिएको छ ।

खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ ।

काठमाडौं उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *