काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ब्याडमिन्टन खेल्ने क्रममा लडेपछि घाइते भएका छन्। मंगलबारको खेलमा लडेर उनको दायाँ हातको कुममा चोट लागेको हो।
एभरेष्ट हस्पिटलका डा. सम्पूर्ण महर्जनका अनुसार घिमिरेको दायाँ डिस्टल क्ल्याभिकल चिप फ्र्याक्चर (कुमको हड्डी चिप्ने प्रकारको फ्र्याक्चर) भएको पुष्टि भएको छ। डाक्टर महर्जनले उनलाई कम्तीमा चार हप्ता हातलाई विश्राम दिन सल्लाह दिएका छन्।
यद्यपि घिमिरे हाल प्रदर्शनरत आफ्नो नयाँ चलचित्र ‘माग्ने राजा’को प्रचारप्रसारमा सक्रिय छन्। चोटपटकका बाबजुद पनि उनी दर्शकलाई धन्यवाद दिन र प्रत्यक्ष भेट गर्न विभिन्न हलहरूमा उपस्थित भइरहेका छन्।
‘माग्ने राजा’ चलचित्रमा शीर्ष भूमिका निभाएका घिमिरेको यो फिल्म हाल प्रदर्शनको छैटौं दिनमा प्रवेश गरेको छ। चलचित्र टिमका अनुसार फिल्मले दर्शकबाट राम्रो साथ पाइरहेको छ।
दर्शकहरूप्रतिको माया र सम्मान स्वरूप हातमा चोट हुँदाहुँदै पनि माग्ने बुढा हल-हलमा पुग्नु उनको समर्पण र दर्शकप्रेमको उदाहरण बनेको छ।
Facebook Comment