एम्बुलेन्समा १८० किलो गाँजासहित चालक पक्राउ
सुनसरी— रामधुनी नगरपालिका-६ पिडारीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ८० किलोग्रामसहित एकजना पक्राउ परेका छन्।
बराहक्षेत्र नगरपालिका-४ बस्ने २५ वर्षीय श्रीराज कुमार साह शनिबार राति लागुऔषधसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीले बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा सेतो बोराले बेरेको ६ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी एम्बुलेन्स चालक श्रीराजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comment