उखु किसानको पक्षमा माइतीघर पुगे पूर्वप्रधानमन्त्री माधव नेपाल

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उखु किसानहरूको समर्थनमा मंगलबार माइतीघर मण्डलामा आयोजित धर्नास्थल पुगेका छन्। उनले किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै केहीबेर धर्नामा सहभागी भई उनीहरूको समस्या बुझ्ने प्रयास गरेका हुन्।

पूर्वप्रधानमन्त्री नेपालले किसानहरूले उठाएका मागहरू उचित भएको भन्दै आफ्नो पार्टीले संसदमा पनि उनीहरूको पक्षमा आवाज उठाएको स्मरण गराए। माइतीघरमा किसानहरूसँग कुराकानी गर्दै उनले किसानको संघर्षलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाए।

“किसानहरूको आन्दोलन कुनै व्यक्तिगत फाइदाका लागि होइन, यो देशको समग्र अर्थतन्त्रसँग गाँसिएको मुद्दा हो,” नेता नेपालले भने, “लामो समयदेखि पीडित किसानहरूका जायज मागहरू तत्काल सम्बोधन हुनुपर्छ।”

उनले सरकार र सम्बन्धित निकायलाई किसानको पीडा प्रति गम्भीर भएर यथाशीघ्र समाधान खोज्न पनि आग्रह गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *