सरकारद्वारा साउनमै ४० अर्ब रूपैयाँ आन्तरिक ऋण संकलन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो महिनामै ४० अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण संकलन गरेको छ। ब्याजदर तुलनात्मक रूपमा न्यून भएको अवसरलाई उपयोग गर्दै सरकारले साउन महिनामै ठूलो परिमाणमा ऋण संकलन गरेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन महिनाभरमा सरकारले ४ अर्ब ५७ करोड रूपैयाँ वैदेशिक ऋणसमेत भित्र्याएको छ। यस अवधिमा सरकारले विगतको ६ अर्ब ६१ करोड रूपैयाँ ऋण फिर्ता गरेको छ भने ५ अर्ब ४३ करोड रूपैयाँ ब्याज भुक्तानी गरेको छ।

यो अवधिमा थपिएको ऋणसहित सरकारले तिर्नुपर्ने कुल ऋण दायित्व २६ अर्ब ८३ करोड रूपैयाँ पुगेको छ।

हाल सरकारको कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा १२ खर्ब ८१ अर्ब रूपैयाँ छ भने बाह्य ऋण १४ खर्ब २ अर्ब रूपैयाँ रहेको छ। आर्थिक व्यवस्थापनका लागि सरकारले आन्तरिक स्रोतबाट थप ऋण संकलनलाई प्राथमिकता दिइरहेको देखिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *