सन्दीप लामिछानेको ह्याट्रिकसँगै एसीटीमाथि नेपालको शानदार जित
काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि सानदार जित निकालेको छ। आज बिहान भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको हो।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन मात्रै बनाएको हो।
नेपालका लागि लामिछानेले सन्दीपले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिदै ह्याट्रिक गरेका हुन्। यसैगरी करण केसीले २ विकेट, रुपेश सिंह, गुल्सन झा र कुशल भुर्तेलले १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए।
३८ बलमा आशिफले ४ चौका र ५ छक्का प्रहार गरे। यसैगगरी कप्तान रोहितकुमार पौडेलले ३६ रन, आरिफ शेखले २४ र दीपेन्द्रसिंह ऐरीले २१ रनको योगदान गरेका थिए।
Facebook Comment