माग्ने राजा हेर्न ८३ वर्षकी आमा हलमा, हेर्नुहोस् माग्नेबुढासँगको रोचक गफ

काठमाडौं । चलचित्र माग्ने राजाले बालबालिकादेखि वृद्धवृद्धासम्मको मन जितिरहेको छ । स्कुले बालबालिकासँग चलचित्रका नायक केदारप्रसाद घिमिरे माग्ने बुढाले अनुभव साटेका थिए भने । आज फेरि हलमा फिल्म हेरेर रमाइरहेकी ८३ वर्षकी हजुरआमासँग पनि रमाइलो कुराकानी गरेका छन् ।

फिल्म हेर्न पुगेका दर्शकसँग भेट्ने र अनुभव साटासाट गर्ने नीतिका साथ सकेसम्म हल पुग्ने योजनामा रहेका घिमिरे भक्तपुरको एक हलमा पुगेका थिए । भक्तपुरको क्यूएफएक्स हलमा उनी छिरे । र दर्शकदीर्घालाई सम्बोधन गर्दै भने: नमस्ते आइ लभ यू अल ।
हलमा हुटिङ लाग्यो ।
फेरि उनले सोधे: कस्तो लाग्यो ?
सबैले एकै स्वरमा भने : राम्रो
अनि त्यहाँ फिल्म हेर्न पुगेकी ८३ वर्षकी हजुरआमालाई भेटेपछि केदार पनि हजुरआमा नजिकै पुगे ।
उनले हजुरआमा नजिक गएर भने: नमस्कार । कस्तो लाग्यो तपाईंलाई ?
हजुरआमा: मलाई राम्रो लाग्यो ।
केदार: म माग्ने बुढो हुँ । ल मलाई आशिरवार्द दिनूहोस् ।
हजुरआमा: धेरै राम्रो छ । अझै राम्रो गर्नू बाबू ।
केदार: हजुरहरु हास्नु भयो ? हजुरआमा हास्नुभयो ?
हास्यौँ ।
त्यसपछि केदारप्रसाद घिमिरे माग्ने बुढाले आमाको हात समातेर फोटो खिचाएका थिए ।
देशभर उल्लेख्य दर्शकका साथ माग्ने राजा प्रदर्शनमा छ । दर्शकको साथले चलचित्रको निर्माण पक्ष उत्साहित भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *