मोरङमा आगलागी: तीन पसल जले, ८ लाख रुपैयाँको क्षति

काठमाडौं । मोरङ जिल्लाको रतुवामाई नगरपालिका–६ स्थित सौँठा चोकमा सोमबार बिहान भएको आगलागीमा तीनवटा पसल जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार ग्यास सिलिन्डर पड्किँदा आगलागी सुरु भएको हो।

आगलागीबाट टीका खनालद्वारा सञ्चालनमा रहेको चिया पसल, सूर्यमान श्रेष्ठको चस्मा पसल र किराना पसलमा ठूलो क्षति पुगेको छ। घटनाबारे जानकारी दिँदै मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले प्रारम्भिक अनुमानअनुसार आगलागीले करिब ८ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको बताइन्।

स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको हो। आगलागीको विस्तृत कारण र क्षतिको यथार्थ विवरण सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *