धार्मिक समानता र पर्यटन सम्भावनाबारे नेपाल–भियतनाम उपराष्ट्रपति बैठक
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार (भदौ ७, २०८२) काठमाडौं आइपुगिन्। यस भ्रमणलाई नेपाल–भियतनाम बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा विशेष महत्वका साथ हेरिएको छ।
उपस्थित कार्यतालिका अनुसार:उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायत उच्चपदस्थ अधिकारीहरूले स्वागत गरे।
सम्मानस्वरूप नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनर निरीक्षण गरिन्।त्यही दिन परराष्ट्रमन्त्री राणा देउवासँग शिष्टाचार भेटवार्ता सम्पन्न भयो।
भदौ ८ गते काठमाडौंमा उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरु भयो जसमा व्यापार, लगानी, जलविद्युत् र सांस्कृतिक पर्यटन जस्ता विषयहरूमा छलफल गरियो।
भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको छ। साथै, काठमाडौं र ललितपुरका ऐतिहासिक स्थलहरू — जस्तै पाटन दरबार स्क्वायर, स्वयंभूनाथ — भ्रमण गर्ने योजना छ।
भ्रमणको अन्त्य भदौ ९ गते हुने र त्यसपछि उपराष्ट्रपति सुआन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले दुबै पक्षबीच धार्मिक समानता, सांस्कृतिक र धार्मिक पर्यटनको सम्भावना, द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रका विविध विषयहरूमा सम्बन्ध र विचार विनिमय भएको जानकारी दिए। दुवै देशबीच मित्रता, सद्भावना र सार्वभौमिकताको मान्यतालाई समेट्दै अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त भएको र मन्त्रालयगत तथा विभिन्न तहमा भ्रमण आदानप्रदान गर्ने सहमति पनि भएको भनियो। साथै, हवाई सम्बन्ध विस्तारका लागि पनि छलफल हुँदैछ।
Facebook Comment