स्क्रब टाइफसको प्रकोप: चितवनमा एक महिलाको ज्यान गयो, दर्जनौं बिरामी

काठमाडौं । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचारका क्रममा नवलपरासीको बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको ज्यान गएको हो। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार उनी भदौ ४ गते अस्पतालमा भर्ना भएकी थिइन् र उनी छारे रोगबाट पनि पीडित थिइन्।

स्क्रब टाइफसका ७३ सङ्क्रमित
यसैबीच, चितवनमा ७३ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार विभिन्न अस्पतालमा उपचारका लागि आएका १,५३० जनाको परीक्षण गर्दा ७३ जनामा यो रोग देखिएको हो। सङ्क्रमितमध्ये ५८ जना चितवन जिल्लाकै हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *