माछा मार्न करेन्ट जोड्दा आफैंलाई लाग्यो करेन्ट, युवकको मृत्यु

काठमाडौं । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

कनकाई नगरपालिका–१, खहरे खोलाका ३७ वर्षीय पङ्कज माझीको करेन्ट लागेर ज्यान गएको हो। उनले बिहान करिब ८:३० बजे बिजुलीको खम्बाबाट करेन्ट जोडेर माछा मार्ने प्रयास गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी टोली खटाइएको र कानुनी प्रक्रिया अघि बढाएको सो कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *