एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २८ गतेसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरेको छ। यो प्रतियोगिता आगामी नोभेम्बर १७ (मंसिर १) देखि डिसेम्बर १३ (मंसिर २८) सम्म २७ दिनसम्म चल्नेछ।

क्यानले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो। यस संस्करणको लागि मिनी अक्सन प्रक्रिया सम्पन्न भइसकेको छ र टिमहरूले विदेशी खेलाडीहरू अनुबन्ध गर्ने क्रममा रहेका छन्।

एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *