पूर्वराष्ट्रपति भण्डारीद्वारा नयाँ सम्पर्क कार्यालय उद्घाटन, प्रधानमन्त्री ओली सहभागी भएनन्

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार थापागाउँमा आफ्नो सम्पर्क कार्यालयको रूपमा प्रयोग हुने भवनको उद्घाटन गरेकी छन्। यसलाई ‘मदन भण्डारी हीरक महोत्सव’ को कार्यालय भनिए पनि उनीनिकट व्यक्तिहरूका अनुसार यो उनको राजनीतिक भेटघाट र छलफलको केन्द्र बन्नेछ।

उक्त कार्यालयको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने प्रयास भएको थियो। हीरक महोत्सव समितिका संयोजक डोरमणि पौडेलले प्रधानमन्त्रीसँग समय मागेका थिए। तर प्रधानमन्त्री ओलीले अस्वस्थताको कारण देखाउँदै भेट्न अस्वीकार गरेको स्रोतले बताएको छ।

यद्यपि, प्रधानमन्त्रीको सचिवालयले भने पौडेलसँग भेट नभएको र पूर्वराष्ट्रपतिको तर्फबाट कुनै निम्तो नआएको स्पष्ट पारेको छ। ‘प्रधानमन्त्री व्यस्त र अस्वस्थ हुनुहुन्छ, त्यसैले उहाँले कसैसँग भेट गर्नुभएको छैन,’ सचिवालयले भनेको छ।

कार्यालय उद्घाटन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी र नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरू सहभागी थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *