रुपेशको फिल्ममा पूजा अनुबन्धित

काठमाडौं । गत वर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’का निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनका अनुसार नयाँ फिल्म मल्टिस्टारयुक्त एक्सन फ्लेभरको हुनेछ ।

फिल्मका लागि उनले अभिनेत्री पूजा शर्मालाई अनुबन्ध गरेका छन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुबन्धित गरेका हुन् । ‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौं । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु,’ उनले भने ।

अभिनेत्री शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन् । ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो । यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो । रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ,’ उनले भनिन् ।

निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरु सरप्राइज हुनेछन् । फिल्मको नाम तय गरिएको छैन । केही दिनमै फिल्मको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए ।

फिल्म सुमन गजमेरले लेखिरहेका छन् । केही महिनापछि फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *