महाराजधिराजमा आर्यन सिग्देल अनुबन्धित
काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । यो फिल्ममा यसअघि नै रमेश उप्रेती र पल शाह अनुबन्धित भइसकेका छन् । निर्माण पक्षका अनुसार आर्यन प्रमुख भूमिकाका लागि अनुबन्धित भएका हुन् ।
आर्यन, रमेश र पलको अनुबन्धले फिल्मको लाइनअप बलियो हुँदै गएको छ । फिल्मको पोस्टर यसअघि नै रिलिज भइसकेको छ । आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए ।
फिल्ममा जयकिशन बस्नेतको पनि अभिनय रहनेछ । फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ले राम्रो समीक्षा पाएको थियो ।
फूलपातीमा प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । निर्माण पक्षका अनुसार फिल्मका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन ।
Facebook Comment