बागमतीमा पाँच नयाँ मन्त्री थपिए
काठमाडौं । बागमती प्रदेश सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दोस्रो चरणमा पाँच जना नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्, जसले १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
नयाँ मन्त्री र जिम्मेवारी:
प्रभात तामाङ (रसुवा): आर्थिक मामिला तथा योजना मन्त्रालय
कञ्चनचन्द्र बादे (काभ्रे): सामाजिक विकास मन्त्रालय
सुरेश श्रेष्ठ (भक्तपुर): संस्कृति तथा पर्यटन मन्त्रालय
अर्मिला केसी नेपाल (ललितपुर): युवा तथा खेलकुद मन्त्रालय
बिनु रायमाझी (चितवन): सहकारी तथा गरिबी निवारण मन्त्रालय
यी पाँचै जना नयाँ मन्त्रीहरू मुख्यमन्त्रीको आफ्नै दल, नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । यसअघि साउन २० गते मुख्यमन्त्री बानियाँले पहिलो चरणमा आठ जना मन्त्री नियुक्त गरेका थिए । जसमा कांग्रेसबाट दुई र नेकपा (एमाले) बाट ६ जना मन्त्री बनेका थिए ।
यसअघि नियुक्त भएका मन्त्रीहरू:
कृष्ण तामाङ (सिन्धुपाल्चोक) – खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
शिवराज अधिकारी (धादिङ) – संस्कृति तथा पर्यटन मन्त्रालय (पछि जिम्मेवारी तोकिएको)
मधुसुदन पौडेल (ललितपुर) – कृषि तथा पशुपन्छी विकास मन्त्रालय (एमाले)
डा. दिनेशचन्द्र देवकोटा (काठमाडौँ) – भौतिक पूर्वाधार विकास मन्त्रालय (एमाले)
भरत केसी (रसुवा) – वन तथा वातावरण मन्त्रालय (एमाले)
जयराथ थापा (काठमाडौँ) – श्रम, रोजगार तथा यातायात मन्त्रालय (एमाले)
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय (एमाले)
Facebook Comment