राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त
काठमाडौं । पत्रकार सन्दीप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौंमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनीसँग अनुभव रहेको छ ।
प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राईले अब ४ बर्षे कार्यकाल चलाउँछन्। यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्यकाल सकिए पछि उनी नियुक्त भएका हुन् ।
Facebook Comment