यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रूपैयाँ ०३ पैसा र बिक्रीदर १४० रूपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रूपैयाँ २० पैसा र बिक्रीदर १६३ रूपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रूपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रूपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ५१ पैसा र बिक्रीदर १९ रूपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ३३ पैसा र बिक्रीदर चार रूपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ १२ पैसा र बिक्रीदर ३८ रूपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रूपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८७ पैसा र बिक्रीदर २१ रूपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७ रूपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४६० रूपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७० पैसा र बिक्रीदर ३६५ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *