देउवा भन्छन्: पार्टी एकढिक्का भए कांग्रेसको बहुमत आउँछ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन्।
कांग्रेस थारू विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा उनले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन कठिन रहेको बताए।
सभापति देउवाले संविधानमा उल्लेख समावेशी र समानुपातिक व्यवस्थालाई थप बलियो बनाउँदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे। मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारू समुदायको प्रतिनिधित्व हुने गरी लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए।
सभापति देउवाले पार्टीभित्र पनि समावेशीतालाई उच्च प्राथमिकता दिइएको जिकिर गरे।
Facebook Comment