आज आईपीएलमा बेङ्गलुरु र चेन्नईको भिडन्त
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।
खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि हुनेछ। बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ ।
तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
यसअघि शुक्रबारको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हरायो । यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।
Facebook Comment