अभिमन्युको छायांकन पुरा

काठमाडौं । फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । २५ दिनमा फिल्मको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।
‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा मुहूर्त गरेसँगै सुरु भएको थियो ।

फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मका निर्माता विनोद पौडेल हुन् । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताए ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको डेब्यू निर्देशन छ । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् । फिल्ममा शरद महतोको डिओपी छ । यो फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *