व्यावसायिक रेसलर हल्क होगनको निधन

लण्डन(एजेन्सी) । व्यावसायिक रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ । वल्र्ड रेसलिङ इन्टरटेनमेन्ट(डब्लुडब्लुई)ले यो कुराको पुष्टि गरेको छ ।

उसले भनेको छ, ‘हामी डब्ल्यूडब्ल्यूई हल अफ फम हल्क होगनको निधनमा निकै दुःखी छौं । होगनको १९८० को दशकमा डब्ल्यूडब्ल्यूईलाई विश्वभर प्रख्यात बनाउन ठूलो योगदान थियो । हामी उनको पविार, साथीहरु र फ्यानप्रति आफ्नो समवेदना व्यक्त गर्दछौं ।’

हल्कलाई रेसलिङको पहिलो सुपरस्टार भनिन्छ । सन् १९५३ मा जन्मिएका हल्कको सन् ८० र ९० को दशकमा व्यावसायिक रेसलिङमा लोकप्रिय नाम थियो ।

सन् १९७९ मा वल्र्ड रेसलिङ फेडरेसन (हाल वल्र्ड रेसलिङ इन्टरटेनमेन्ट,डब्ल्यूडब्ल्यूई)सँग जोडिएपछि र सन् १९८१ मा यसलाई छोडेको भए पनि हल्कले सन् १९८५ मा न्यूर्योमा आयोजित रेसलमेनियामा मुख्य भूमिका निभाए ।

यो इभेन्टमा उनले मिस्टर टीसँग मिलेर पल अर्नडार्फ र रोडी पाइपरलाई हराएका थिए ।

सन् १९९० को दशमा हल्कको लोकप्रिय रेसलिङबाट अगाडि बढ्यो । उनले ‘मिस्टर नैनी’ र ‘सबअर्बन कमाण्डो’ जस्ता फिल्ममा पनि अभिनय गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *