करणको म हारेको छैन

काठमाडौं– नेपाल आइडल सीजन ५ का विजेता तथा गायक करण परियारको स्वरमा ‘म हारेको छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा सरला श्रेष्ठको शब्द, नरेन्द्र प्यासीको संगीत, विनोदकुमार भुजेलको संगीत संयोजन, नकुल कार्कीको रेकर्ड र प्रकाश खरेलको मिक्सिङ तथा मास्टरिङ छ ।

निर्देशक कृष्णदेव रुपाखेती निर्देशित भिडियोमा सुरेश कोहली, मिसेल घिमिरे र प्रवेश पौडेलले अभिनय गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको भिडियोमा मिन रावलको सम्पादन छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *