देउवा भन्छन्: ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नेपालमा ऊर्जा विकासका लागि सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा इप्पानको २३ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभापति देउवाले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन्।
उनले ऊर्जा विकासका लागि सरकारले सबै किसिमको सहजीकरण र समन्वय गर्न आवश्यक रहेको उल्लेख गरे। सरकारका साथै निजी क्षेत्रले समेत ऊर्जा उत्पादन गरेकै कारण लोडसेडिङको समस्या भोग्नु नपरेको उनको भनाई छ । सभापति देउवाले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए।
Facebook Comment