दर्शक भेट्दै यो मन त मेरो नेपाली हो टिम

काठमाडौं । शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकले मन पराएका छन् । फिल्मले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रयास प्रशंसनीय काम गरेको भन्दै युवा पुस्ताले हेर्ने पर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

दर्शक भेट्न फिल्मका कलाकारहरु रोशन श्रेष्ठ, बुद्धि तामाङ र निर्देशक मित्र प्रधान पुर्वको बिभिन्न हलमा पुगेका छन् । दमकमा फिल्म हेर्ने दर्शक बढे सगै प्रतिक्रिया लिन फिल्म युनिट पुर्व पुगेको हो । आइतबार बेलुका दमकको डी म्याक्स हलमा कलाकार पुग्दा हलमा हाउसफुल दर्शक थिए । फिल्म हेर्दा दर्शक भावुक भएका थिए ।

फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *