आरसीबी बन्यो आईपीएलको सबैभन्दा महँगो टिम

काठमाडौं । विश्वको सबैभन्दा महँगो र सबैभन्दा ठूलो टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को कुल ब्रान्ड मूल्य गत वर्षको तुलनामा १२.९ प्रतिशतले बढेर १८.५ अर्ब डलर (करिब १,५८,००० करोड भारतीय रुपैयाँ) पुगेको छ। साथै, आईपीएलको स्ट्यान्डअलोन मूल्य १३.८ प्रतिशतले बढेर ३.९ अर्ब डलर (३३,४५९ करोड रुपैयाँ) पुगेको छ।

इन्भेस्टमेन्ट बैंक होलुहान लोकीको रिपोर्ट अनुसार १८ वर्षमा पहिलो पटक आईपीएलको उपाधि जितेको आरसीबी अब सबैभन्दा मूल्यवान फ्रान्चाइजी बनेको छ। आरसीबीले चेन्नई सुपर किंग्स (सीएसके)लाई पछि पारेको छ। लामो समयदेखि शीर्ष स्थानमा रहेको सीएसके अब तेस्रो नम्बरमा झरेको छ।

पाँच सबैभन्दा मूल्यवान फ्रान्चाइज टोली

आरसीबीको मूल्य हाल २३०० करोड रुपैयाँ छ भने मुम्बई इन्डियन्सको मूल्य २०७६ करोड रुपैयाँ छ। चेन्नई सुपर किंग्स २०१६ करोड रुपैयाँसहित तेस्रो नम्बरमा छ। कोलकाता नाइट राइडर्स १९४७ करोड रुपैयाँसहित चौथो नम्बरमा छ। सनराइजर्स हैदराबादको मूल्य १३२१ करोड रुपैयाँ छ।

पञ्जाब किंग्सको ठूलो फड्को

२०२५ मा पञ्जाब किंग्सले ३९.६ प्रतिशतको उच्चतम वृद्धि रेकर्ड गरेको छ। नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा उपविजेता बनेपछि यसको मूल्य १४१ मिलियन डलर (१२१० करोड रुपैयाँ) पुगेर टोली नवौं स्थानमा रहेको छ।

टाटाले शीर्षक प्रायोजन सम्झौता लम्ब्यायो

रिपोर्ट अनुसार टाटा समूहले ३०० मिलियन डलर (२५७४ करोड भारतीय रुपैयाँ) को शीर्षक प्रायोजन सम्झौता २०२८ सम्म विस्तार गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *