नेपाल र केल्मिकियाबीच आपसी सम्बन्ध मजबुद बनाउने समझदारी

काठमाडौं । नेपाल र केल्मिकियाका युवाबीच सांस्कृतिक सम्बन्ध थप मजबुद बनाउने समझदारी भएको छ । पहिलोपटक भएको अनलाइन छलफलले दूरीका हिसाबले टाढा भए पनि सांस्कृतिक सम्बन्धलाई थप मजबुद बनाउन दुवै पक्षले छलफललाई निरन्तरता दिने भएका छन् ।

नेपाल स्थित रसियन दूतावास तथा केल्मियाको युवा मामिलासम्बन्धी एजेन्सीको अगुवाइमा भएको अनलाइन वार्तामा दुई राष्ट्रका युवाबीच परम्परा, संस्कार संस्कृति आदानप्रदान गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

यो छलफलले दुई क्षेत्रका युवालाई जोड्ने काम गरेको छ । साथै शिक्षा र विज्ञान तथा नवपर्वतन, मानवीय सीप विकास, खेलकुद, संस्कृति अनि बुद्धिजमका विषयमा ज्ञान आदानप्रदान गर्ने बाटो खुला भएको छ ।

छलफलपछि यो दुवै पक्षले यो सुरुवात भएको र यसलाई निरन्तरता दिने समझदारी भएको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *