रसुवामा बाढीको वितण्डाः मितेरी पुल बगाउँदा दुई देशको सम्पर्क टुट्यो

काठमाडौं । रसुवामा गएराती आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल बगाएसँगै दुई देशको सम्पर्क पनि टुटेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार क्षतिको विवरण यकिन रुपमा नआए पनि भन्सार यार्डमा जाँचपासका लागि राखेका सबै इभी पनि बगाएको छ ।

‘मानवीय क्षतिको यकिन विवरण आएको छैन । जलविद्युत आयोजनाका सामानहरु बगाएको छ । पार्किङमा राखेका गाडीमा कामदारहरु सुत्ने भएका कारण मान्छेहरु बगेको हुनसक्ने आशंका छ । त्यसकारण विवरण संकलनको काम पनि भइरहेको छ’, उनले भने ।

उद्धारका लागि १२ जना प्रहरीको टोली खटाइएको छ । तर पानीको बहाव नघटेकोले प्रहरी त्यहाँसम्म पुग्न सकेका छैनन् । प्रजिअ पौडेलका अनुसार भन्सारको यार्ड (ड्राइपोट)मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *