फागुन १ मा जहाजैमा

काठमाडौं । फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।

फिल्मको निर्माणपक्षले आरआर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् ।

कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।

यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन् । अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ ।

भदौबाट यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ ।

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो ।

फिल्मलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *