मिरमिरेको छायांकन सुरु

काठमाडौं । फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ । निर्माणपक्षले शनिबार पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन थालनी गरेको हो ।

निर्देशक यम शेर्पाका अनुसार ३५ दिनको सेड्युलमा काभ्रेपलाञ्चोकका विभिन्न लोकेसनमा फिल्म छायांकन हुनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल कलाकारहरु शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ तथा नमनराज गजुरेलको अभिनय रहनेछ ।

फिल्मका निर्देशक यमकै लेखन छ । फिल्मका छायाँकार आलोक शुक्ला हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहेको फिल्ममा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । यसै वर्ष रिलिज हुने फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *