रुसमा युक्रेनको ड्रोन आक्रमणमा परी तीनजनाको मृत्यु, ४५ घाइते
एजेन्सी । रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्।
गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने सैन्य कारखाना कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई लक्षित गरेको बताइएको छ। युक्रेनी मिडियाका अनुसार यो प्लान्टले ओसा वायु रक्षा प्रणालीको उत्पादनमा पनि विशेषज्ञता राख्छ। यसले धेरै ड्रोनहरू पनि विकास गरेको छ।
एक युक्रेनी अधिकारीले बीबीसीलाई बताएअनुसार युक्रेनी सुरक्षा सेवा (एसबीयू) का दुई ड्रोनले लगभग १ हजार ३०० किलोमिटर टाढा रहेको कुपोल प्लान्टमा आक्रमण गरेका थिए। नोभेम्बर २०२४ पछि कुपोल कारखानामा यो दोस्रो युक्रेनी ड्रोन आक्रमण हो।
Facebook Comment