बैंकिङ कसुरका २ फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन २६ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका सविनलाई काठमाडौं १६ वनस्थलीबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
साथै, सोही मुद्दामा फरार रहेका दिनेशलाई काठमाडौं महानगरपालिका–८ गुहेश्वरीबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउमध्ये सविनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ भने दिनेशलाई प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
Facebook Comment