वर्कसपमा दयाहाङ र प्रकाशको मिरमिरे

काठमाडौं । फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको आइतबारबाट वर्कसप सुरु भएको हो ।फिल्ममा यम शेर्पाको लेखन र निर्देशन छ ।

कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको फिल्म यही शुक्रबारबाट छायांकनमा जाँदैछ । फिल्मको अधिकांश छायांकन काभ्रेमा हुनेछ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहने छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।

आरआर फिल्मसले वितरण गर्ने फिल्म यसै वर्ष रिलिज हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *