द ब्ल्यू लाइटको इन्डक्ल्याप

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंनमा गएको फिल्मले २५ दिनमा छायांकन पुरा गरेको हो ।

फिल्ममा बलिराम चौहानको निर्देशन छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्ममा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी तथा बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

फिल्मको को–प्रोडुसरको रुपमा रमन ग्रे छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । फिल्मको छायांकन मैनालीले नै गरेका हुन् ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म सन् २०२५ मै रिलिज हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *