जारी २ को छायांकन पुरा
काठमाडौं । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको तेस्रो फिल्म ‘जारी २’को छायांकन सकिएको छ । सम्पुर्ण छायांकन पाँचथरमा गरिएको फिल्मको छायांकन ३६ औं दिनमा प्याकअप गरिएको हो । बाँसुरी फिल्मसको व्यानरमा निर्माण भएको फिल्म आगामी बडादशैंमा रिलिज हुनेछ ।
दशैंमा रिलिज हुने भनिए पनि कुन मितिमा रिलिज हुन्छ भन्ने निर्माण टिमले खुलाएको छैन । निर्माण टिमले फिल्म मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।
यो फिल्मको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर फिल्म‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन रहको छ । कवि सुब्बाको डेव्यु निर्देशन गरेको ‘जारी’ले तत्कालिन समयमा नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
Facebook Comment