दुई फस्टलुकमा कल्ली
काठमाडौं । लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘कल्ली’को फस्टलुक सार्वजनिक गरिएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउनेछ ।
महेश दवाडीको लेखन रहेको यो फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन छ । फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि लक्ष्मण चर्चामा छन् । सार्वजनिक दुई पोस्टरमध्ये एक पोष्टरमा नायक सौगात मल्ल बाघसँग देखिएका छन् । रिसाहा अवतारमा देखिएको मल्लको हातमा भाला छ । भालामा रगत देखिन्छ ।
यस्तै, सार्वजनिक अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।
राकेश दाहालले तयार पारेको यो पोस्टर आकर्षक छ । यो फिल्मले लोभको कथा भन्छ । मानिसको मनमा लोभ पलाएपछि उसको जिन्दगी कहाँबाट कहाँ पुग्छ र कस्तो परिस्थिती भोग्छ भन्ने कथालाई फिल्ममा देखाइएको छ ।
आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको फिल्ममा एनवी महर्जनको एक्सन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
Facebook Comment