संसदको अवरोध हटाउन गृहमन्त्रीको राजीनामा अनिवार्य: माओवादी
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखको राजीनामा नआएसम्म संसद अवरोध यथावत् रहने निर्णय गरेको छ।
सिंहदरवारमा सोमबार भएको पार्टीको संसदीय दलको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै राख्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए।
‘भोलिको अवरोध यथावत् नै रहन्छ। गृहमन्त्रीज्युले मार्ग प्रशस्त नगरेसम्म अवरोध कायमै रहन्छ। भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ। किनकि त्यहाँ अनियमितता भएको छ। भ्रष्टाचार भएको छ,’ उनले भने।
उनले प्रधानमन्त्रीले आह्वान गरेको तीन दलको बैठकमा पनि भिजिट भिसाका विषयमा छलफल हुने बताए। भोलि संसद बैठक बस्नुअघि पनि प्रतिपक्षी दलहरू बसेर रणनीति बनाउने नेता पुनले बताए।
Facebook Comment