सिंहदरबारमा तीन दलका शीर्ष नेताको छलफल
काठमाडौं— प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल जारी छ ।
छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
छलफलमा संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ।
यसअघि प्रधानमन्त्री ओलीले सदन जसरी पनि चलाउने दावी गरेका थिए । उनले गृहमन्त्रीको राजनीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका थिए ।
Facebook Comment