मिरमिरेमा दयाहाङ अनुबन्ध

काठमाडौं । फिल्म ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई अनुबन्ध भएका छन् । फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गर्दैछन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका थिए ।

‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,’ निर्देशक शेर्पाले भने, ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।’

यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । फिल्ममा यमकै कथा रहनेछ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो फिल्मको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

यसै वर्ष रिलिज हुने फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *