अनेरास्ववियु महाधिवेशन: प्रतिनिधि छनोट प्रक्रिया आजदेखि
काठमाडौं– नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया आजदेखि एकसाथ देशैभर सुरु भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
प्रतिनिधि छनोट प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक, पारदर्शी र सङ्गठनात्मक विधिअनुसार सञ्चालन हुने उनको भनाइ छ ।
अनेरास्ववियुले ‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नारा तय गरेको छ ।
सङ्गठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न सहयोग र ऐक्यबद्धता जनाउन अनेरास्ववियुले आग्रह समेत गरेको छ ।
Facebook Comment